२०७८ साउन १५, शुक्रबार

गायक रामकृष्ण ढकालको यति राम्रो परिवार किन भत्कियो बुधवार सम्बन्ध विच्छेद

किरात दर्पण नेपाल

Wednesday, December 25th, 2019, 9:09 pm

गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौँमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको हो । निलमले मङ्गलवार मात्र उनीहरूले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए। न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुङ्ग्याएको हो । वि सं २०५९ सालामा प्रेम विवाह गरेका उनीहरूकी एक छोरी छिन् । उनीहरूबिच सम्बन्ध विच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् । शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन् । तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने छ ।