२०७८ साउन १५, शुक्रबार

लुक्स भित्र “कति बस्छौ गाउँ भुली” गित गायिका कला राई र गायक कृष्ण भक्त राईको सार्बजनिक

किरात दर्पण नेपाल

Tuesday, October 2nd, 2018, 8:42 pm

काठमाडौ – “कति बस्छौ गाउँ भुली” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गित सुमधुर स्वरकि धनि चर्चित गायिका कला राई र ख्याति प्राप्त गायक , संगितकार कृष्ण भक्त राईको स्वरमा रहेको छ।

 

“लुक्स” गीति एल्बममा रहेको उक्त गीत बिष्णु श्रापितको शब्द रचनामा रहेको छ भने राजु एन राईले संगीत गरेका छन् । बिगतमा “पान्धारे चौकी” रिमेक गीत गाएर चर्चाको शिखरमा पुगेकी कला राईको दर्जनौ गीतहरु सुपर हिटमा छन् भने, गीत संगीत बाटै थुप्रै राष्ट्रिय स्तरको पुरस्कारहरु जित्दै अन्तराष्ट्रिय क्षेत्रमा पनि चर्चा कमाउदै नेपालीहरुलाई नचाएको छिन। गायिका कला राई लोक आधुनिक सबैखाले गीत गाउने क्षमता भएकी गायिकाले ‘कला, अफर र लुक्स’ ‘ईशारा’ नामक एल्बम बजारमा ल्याइसकेकी छन् भने ‘लुक्स’ एल्बममा रहेको गीतको म्युजिक भिडियो अहिले सार्वजनिक गरिएको हो।

 

“कति बस्छौ गाउँ भुली” को म्युजिक भिडियोमा संजीता मगर र दुर्गा क्षेत्रीले अभिनयको रुपमा … देख्न पाइने छ। भने स्मृति रोगीले सम्पादन गरेका हुन् । दुर्गा क्षेत्रीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो अनलाईन च्यानलबाट बजारमा ल्याइएको हो ।

 

भिडियो लिङग तल हेर्नु होला