२०७८ साउन १५, शुक्रबार

covid -19 नियन्त्रणको लागि केपिलासगढि -२ अन्तरगत टोलसुधार समिति गठन सम्पन्न ..

किरात दर्पण नेपाल

Wednesday, October 7th, 2020, 5:31 pm

असोज २१, खोटाङ । खोटाङ जिल्लाको कोपिलासगढी गाउँपालिका वडा नं.२ अन्तरगत कोरेना भाईरस नियन्त्रण गर्नको लागि विभिन्न सचेतना अपनाउदै १५ असोजबाट टोलसुधार समिति गठन गरिएको जानकारी वडा अध्याक्ष बलिराज राईले बताउनु भएको छ। वडा -२ मा पनि संक्रमण फैलिन सक्ने सम्भावना हुनसक्छ आसाङकाले प्रत्येक टोलटोलमा टोल सुधार समिती गठन गर्दै आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न संक्रमण हुन न दिनको लागि विभिन्न तरिका अपनौदै सिमावर्ती क्षेत्रमा कडा निगरानी राखिने बताउनु भएकोछ ।

वडा अध्यक्ष बलिराज राईका अनुसार अहिलेसम्म वडामा संक्रमित व्यक्तिहरु देखा नपरेको तर, कोरोना भाइसर कोभिड -19ले अन्य क्षेत्रमा भने प्रत्येक्ष प्रभाव पारेको हुनाले,विशेष गरी विद्यालय , व्यापार,व्यवसाय क्षेत्रमा समस्या परिरहेको देखिन्छ बताउदौ, विदेशबाट आउनेहरुलाई गाउँपालिकास्तरको विशेष क्वारेनटाईनमा राख्ने व्यवस्था पनि रहेको बताउनु हुन्छ।

उनीहरुको पिसीआर परीक्षण पश्चात रिर्पोटको आधारमा आवश्यक प्रकृया बढाएर मात्र घर पठाउने व्यवस्था गरेको पनि जानकारी दिनुभएको छ । एक जिल्ला देखि अर्को जिल्लामा जानेहरुको लागि भने होम क्वारेनटाईनमा राख्ने प्रबन्ध भएको बताउनु हुन्छ। संक्रमण नियन्त्रणको लागी वडा न:- २ले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको पनि बताउनु भएको छ ।

समय अनुकुल असहज वातावरण विश्व भरि छहरिएको बेला गाउमा एक जनप्रतिनिधि भएको हैसियतले आफै टोलटोलमा गएर स्वास्थ्यकर्मी, स्वयमसेवीका परिचालन गरी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको बताउदै वडा -२मा संक्रमित फैलिन सक्ने सम्भावना भएकोले प्रत्येक घर धुरीलाई सामाजीक दुरी कायम गर्ने, घरबाहिर, भिडभाडमा जाँदा मास्क,साबुन पानीले हात धुनु पर्ने , डिस्पोजल हेन्ड ग्लवसर ,सेनिटाइजर बितरण गर्दै अनिवार्य प्रयोग गर्नुपर्ने नियम लागु गरिएको बताउनु भयो। बिपन्न बर्गका जनतालाई राहात समेत दिने बताउदै, लकडाउनमा जस्तै सेवा सुबिदा दिइने यदि नपुगेको गुनासो जनमानसमा भएमा वडा अध्याक्ष लाई जानकारी गर्नु पर्ने भन्दै कार्यक्रमको पोष्टर, पम्पलेट, ब्यानर टासेर, रेडियोमा सुचना प्रसारण सगै पत्रपत्रिका जस्ता विभिन्न सञ्चार माध्यमबाट सुचना प्रवाह गरिदै गाउँ बिकासको लागि साबधानि अपनौदै निरन्तरता दिने प्रतिबद्धता पनि जाहेरी गरेको किरात दर्पण online सम्बाददातालाई बताउनु भएको छ।